बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु

काठमाडौँ, २३ पौष । इटहरीमा बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएकाे छ ।

प्रहरीका अनुसार इटहरी वडा नं. २० तरहरास्थित पानीपियामा बसको ठक्कर दिदा गएरातिमोटरसाइकलमा सवार दुईजनाको मृत्यु हाे । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएकाे हो ।

मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ७ बस्ने २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैँचा ५ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । गम्भीर घाइते भइ उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाएकोमा दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बस चालक इटहरी ४ बस्ने ४४ वर्षीय टीकाराम चौधरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिला सशक्तीकरणको लागि सबैको हातेमालो आवश्यक रहेको बताएका छन् ।   आज

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको