प्रधानमन्त्री देउवाको भारत भ्रमण रद्द

काठमाडौँ, २३ पौष । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण रद्द भएको छ। भारतको गुजरातमा हुने भनिएको ‘भाइबे्रन्ट गुजरात’ कार्यक्रममा सहभागी हुन देउवा आइतबार त्यसतर्फ जाने तय भएको थियो।

भारतमा बढ्दो कोरोना संक्रमणका कारण उक्त कार्यक्रम स्थगित भएसँगै देउवाको भ्रमण रद्द भएको हो। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको थियो। नेपालमा प्रधानमन्त्री नियुक्त भएपछि भारतबाट औपचारिक भ्रमण सुरु हुने विगतको परम्परा भए पनि पछिल्लोपटक देउवा प्रधानमन्त्री भएको पाँच महिनाभन्दा बढी भइसक्दा पनि भारत भ्रमण हुन सकेको छैन।देउवाको आइतबारदेखि हुने भनिएको भ्रमण पनि राजकीय नभएर भारतको एउटा राज्य गुजरातमा हुन लागेको कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ जान लागेका थिए। त्यहाँ उनको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने कार्यक्रम थियो। अनौपचारिक रूपमा देउवा र भारतीय समकक्षी मोदीबीच नोभेम्बरमा स्कटल्याण्डको ग्लास्गोमा आयोजना भएको जललायु सम्मेलनमा भेट भएको थियो।

प्रधानमन्त्री देउवाको भ्रमणको मिति नजिकिँदै गर्दा पत्नी आरजु देउवा भारत गएकी थिइन्। भ्रमणका क्रममा उनले भारतीय नेताहरूसँग भेट गरेकी थिइन्। आरजुको भ्रमण देउवाको भ्रमणको पूर्वतयारीका लागि भएको बताइन्छ। कतिपयले परराष्ट्रमन्त्रीले गर्नुपर्ने पूर्वतयारीको काम प्रधानमन्त्री पत्नी आरजुले गरिरहेको भन्दै आलोचना गरेका छन्। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । सरकारले घोषणा गरेका समस्याग्रस्त सहकारीको सङ्ख्या २० पुगेको छ ।   भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण

काठमाडौँ, १५ चैत । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेक्काबीच

काठमाडौँ, १५ चैत । अर्थमन्त्री वर्षमान पुन र नेपालका लागि बेलायतका राजदूत रब फेनबीच भेटवार्ता भएको छ । आज राजदूत फेनले

काठमाडौँ, १५ चैत । बुढानीलकण्ठ स्कुलको प्रचार गरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको आलोचना भएको छ ।