एमालेले आज देशभर जिल्ला अधिवेशन गर्दै: अध्यक्ष ओलीले उद्घाटन गर्ने

काठमाडौँ, २३ पौष । नेकपा (एमाले)ले आज देशभर जिल्ला अधिवेशन गर्दैछ ।

एमालेका अध्यक्ष केपी ओलीले बिहान ११ बजे जिल्ला अधिवेशनलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नेछन् । केन्द्रीय कार्यालयको एक्सन रूमबाट एकैसाथ भर्चुअल उद्घाटन र सम्बोधन गर्ने कार्यक्रम रहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिएका छन् ।

प्रतिकूल मौसमका कारण केही हिमाली जिल्ला र तयारी नपुगेका बाहेकका जिल्लामा अधिवेशनको अर्को मिति तय हुनेछ । जिल्ला तहमा पनि सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न केन्द्रले निर्देशन दिएको छ । जिल्ला तथा प्रदेश अधिवेशनका लागि दशौं राष्ट्रिय महाधिवेशनको लागि निर्धारण गरिएका पार्टी सदस्यलाई नै आधार बनाउन एमालेले सर्कुलर जारी गरेको छ ।

जिल्ला अधिवेशन सकिए लगत्तै प्रदेश सम्पर्क कमिटी र प्रदेश संगठन कमिटीको अधिवेशनको तयारी थाल्ने एमालेले जनाएको छ । एमालेको प्रदेश अधिवेशन भने माघ ८ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021