काठमाडौँ, २२ पौष । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
बिहीबार साँझ शीतल निवासमा भएको भेटवार्तामा कोरोनाभाइरसको बढ्दो संक्रमणका विषयमा केन्द्रीत रहेर कुराकानी भएको छ । भेटमा राष्ट्रपति भण्डारीले नेपालमा पछिल्लो समयमा कोरोना भाइरसको सङ्क्रमण एवं कोरोनाविरुद्धको खोप उपलब्धताको अवस्थाका बारेमा पनि जानकारी लिनुभएको थियो ।