परिसूचक नेप्सेमा ४३ अंकको वृद्धि

काठमाडौँ, २२ पौष । आज सेयर बजार परिसूचक नेप्सेम १.६३ प्रतिशतले वृद्धि हुँदा करिब २७०० को बिन्दु नजिक पुगेको छ ।

नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ अंकमा बन्द भएको छ । नेप्सेसँगै व्यापार र उत्पादनमुलकबाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । आज नेप्सेमा बजारलाई लिड गर्ने बैंकिङ उपसूचक नै १.९५ प्रतिशतले वृद्धि हुँदा होटेल तथा पर्यटन उपसूचक ३.४८ प्रतिशत, हाइड्रोपावर उपसूचक २.४८ प्रतिशत र निर्जीवन बिमा उपसूचक २.०५ प्रतिशतले बढेको छ । यता व्यापार उपसूचकमा ०.६८ प्रतिशत र उत्पादनमुलक उपसूचकमा ०.०८ प्रतिशतको सामान्य गिरावट आएको छ ।

नेप्सेमा वृद्धि भएपनि बुधबारको भन्दा कारोबार रकम घटेको छ । बुधबार साढे ४ अर्ब माथिको करोबार भएको बजारमा आज ३ अर्ब ६७ करोड ६८ लाखको कारोबार भएको छ । अपी पावरको सर्वाधिक  १६ करोड ३७ लाखको कारोबार हुँदा एनआईसी एसिया बैंकको १४ करोड ५२ लाख र नेसनल माइक्रोफाइनान्सको १० करोडको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७

काठमाडौँ, २ भदौ । तपाईँको आजको दिन कस्तो रहनेछ ? मेष : सामाजिक, आर्थिक, धार्मिक, पारिवारिक क्षेत्रहरु यथास्थितीमा रहेपनि वैदेशिक क्षेत्रमा

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दार्चुला, १ भदौ । दार्चुलामा जिप दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021