मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौं, २२ पौष । मन्त्रिपरिषद् बैठक १४ वटा निर्णय सार्वजनिक भएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकका उक्त निर्णय आज सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सार्वजनिक गरेका हुन् ।

मन्त्रिपरिषद् बैठकका १४ वटा निर्णय:
१. आर्थिक वर्ष २०७८/७९ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५२० रुपैयाँ निर्धारण गर्ने निर्णय भएको छ ।

२. आर्थिक वृद्धि तथा उत्पादनशिलताका लागि जापान सरकारबाट प्राप्त हुने जापानी येन १० बिलियन (करिब १० अर्ब ३९ करोड रुपैयाँ) नीतिगत ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ ।

३. राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य अनुसन्धान निर्देशक यदुलाल खरेललाई पुस २३ गतेबाट लागु हुने गरी मुख्य अनुसन्धान पदमा बढुवा गर्ने निर्णय भएको छ ।

४. एसिड आक्रमणबाट पीडित मुस्कान खातुनलाई तीन लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराउने निर्णय भएको छ ।

५. गृह मन्त्रालय लागुऔषध नियन्त्रण शाखाका शाखा प्रमुख र सबै जिल्ला प्रशासनका शाखा प्रमुख जिल्ला अधिकारीहरूलाई लागुऔषध नियन्त्रण अधिकारी तोक्ने निर्णय भएको छ ।

६. नेपाल विद्युत् प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारणलाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्न प्रारम्भिक अधिकार चलाउने अधिकारी तोक्ने निर्णय भएको छ ।

७. वन क्षेत्रमा कार्बन सञ्चितिको पहिचानसम्बन्धी अनुसन्धानका लागि रुख कटान गर्दा राष्ट्रिय प्राथामिकता प्राप्त र ठूला पूर्वाधार आयोजनाको क्षेत्राधिकारभित्र पर्ने रुख कटानलाई पहिलो प्राथामिकता दिने गरी आवश्यक रुखहरू कटानमुछान गर्न र नमुनाहरू प्रयोगशालासम्म ल्याउन स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।

८. निजगढको कोहल्वी ३३ किमि सबस्टेसन निर्माणका लागि दुई बिघा जग्गा नेपाल विद्युत् प्राधिकरणलाई लिजमा उपलब्ध गराउन स्वीकृति दिने निर्णय भएको छ ।

९. राजपत्रांकित प्रथम श्रेणीका सहसचिव कृष्णबहादुर राउतलाई विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ ।

१०. राष्ट्रिय युवा परिषद्को उपाध्यक्ष पदमा सुरेन्द्र बस्नेत, दमक–१, झापालाई नियुक्त गर्ने निर्णय भएको छ ।

११. प्रहरी नवौँ संशोधन नियमवाली–२०७८ स्वीकृत गर्ने निर्णय भएको छ ।

१२. नेपाल राजपत्रको नियमित अंक हप्ताको दुईपटक सोमबार र बिहीबार प्रकाशन गर्न स्वीकृति दिने निर्णय भएको छ ।

१३. गोरखापत्र संस्थानलाई गोदाम भवन निर्माण गर्नका लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको छ ।

१४. दार्चुला जिल्लामा महाकाली नदीमाथि नेपाल–भारत जोड्ने मोटरेवल पुलको निर्माण गर्न दुईपक्षीय सम्झौतामा हस्ताक्षर गर्न स्वीकृति दिने निर्णय भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021