काठमाडौँ, २२ पौष । काठमाडौँमा आउँदो सातादेखि विद्यालयबाट कोभिड–१९ विरुद्धको फाइजर खोप दिने तयारी गरिएको छ ।
यसअघि, खोपका लागि प्रयोग हुने सिरिन्ज अभावका कारण रोकिएको फाइजर खोप कार्यक्रम आउँदो सातादेखि सञ्चालन गर्ने तयारी गरिएको हो । काठमाडौँमा मात्रै फाइजर खोप लिने १२ देखि १७ वर्षसम्मका बालबालिकाको संख्या दुई लाख ५० हजार आकलन गरिएको छ ।
सुरुमा विद्यालयस्तरबाट फाइजर खोप दिइनेछ । यदि, विद्यालयमा सो उमेर समूहका बालबालिका खोप लगाउन छुटेमा स्वास्थ्य संस्थाबाट पनि खोप प्रदान गरिनेछ ।