सुदूरपश्चिममा कारोना सङ्क्रमित बढ्न थाले

डोटी, २२ पौष । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या पुनः बढ्न थालेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका अनुसार एक हप्ताभित्रमा नयाँ सक्रिय सङ्क्रमितको सङ्ख्या १६२ पुगेको हो । छिमेकीमूलुक भारतबाट घर फर्किइ रहेका यहाँका मानिसमा सङ्क्रमण देखिन थालेको बताइएको छ । भारतमा सङ्क्रमण बढ्न थालेसँगै नेपाल फर्कनेको सङ्ख्या पनि बढेपछि सुदूरपश्चिममा पनि सङ्क्रमण दर बढेको निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार हाल कैलालीमा सबैभन्दा बढी ९२ जना नयाँ सङ्क्रमित थपिएका छन् भने कञ्चनपुरमा ५३, बैतडीमा १२, दार्चुलामा दुई, बझाङ, बाजुरा र डडेल्धुरामा एक/एकजना सक्रिय सङ्क्रमित छन् । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास बढिरहेको बेला सुदूरपश्चिम प्रदेशमा सक्रिय सक्रमितको सङ्ख्या बढ्न थालेको जनाउँदै यहाँका नागरिकमा चिन्ता थपिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशका गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको

काठमाडौँ, १ भदौ । हराएको नागरिकता दुरूपयोग गरी कम्पनी खोलेर ठगी गरेको आरोपमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

दार्चुला, १ भदौ । दार्चुलामा जिप दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार मृत्यु हुनेमा बझाङका

दाङ, १ भदौ । प्रहरीले दाङमा दुईथान बन्दुक बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार गढवा गाउँपालिका–१, मलमलास्थित

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021