प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिए

काठमाडौं, २२ पौष । निर्वाचन आयोगले पछिल्लोपटक सुरु गरेको फोटोसहितको मतदाता नामावली सङ्कलन अभियानमा प्रदेश नं २ मा दुई लाख १३ हजार मतदाता थपिएका छन् । तीमध्ये धनुषामा ३८ हजार ३४४ र सिरहामा २९ हजार २७८ मतदाता थपिएका हुन् । निर्वाचनलाई लक्ष्य गरेर गत मङ्सिर १७ देखि पुस १८ गतेसम्म सञ्चालित एक महिने मतदाता नामावली सङ्कलन अभियानअन्तर्गत सो सङ्ख्यामा मतदाता थपिएको जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहँदा धनुषामा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन आउनेको सङ्ख्या बढ्दै गएको छ । यतिखेर धनुषाको गाउँ–गाउँबाट सर्वसाधारण फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन जनकपुरधामस्थित प्रदेश नं २ को प्रदेश निर्वाचन कार्यालय आउन थालेका छन् । गाउँ–गाउँबाट फोटो खिचाउन आउनेको सङ्ख्या ह्वातै बढेपछि प्रदेश निर्वाचन कार्यालयमा भीड बढ्दै गएको छ ।

‘‘कार्यालय नखुल्दै गेटमा ठूलो सङ्ख्यामा सर्वसाधारणको भीड लागिसकेको हुन्छ”, प्रदेश निर्वाचन कार्यालय जनकपुरका सूचना अधिकारी कृष्ण राउतले भने, ‘‘दैनिकजसो सर्वसाधारणको भीड बढ्दै जाँदा काम गर्न असजिलो भइरहेको छ, तैपनि हामी मतदाता नामावली सङ्कलनको कार्य गर्दै आएका छौं ।” यसका साथै फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका सर्वसाधारणलाई स्थानीय तहका जनप्रतिनिधि र राजनीतिक दलका नेताले पनि गाउँ–गाउँबाट पठाउने गरेका छन् । मतदाता नामावली नाम दर्ता नभए आगामी निर्वाचनमा मत खसाल्न नपाइने र आफ्नो पक्षको मतदाता घट्नसक्ने भएकाले जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधि गाउँ–गाउँबाट फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन पठाउने गरेको प्रमुख झाको भनाइ छ । 

उनले थपिएका मतदातासँगै धनुषामा कूल चार लाख ६३ हजार ३९७ मतदाता पुगेको जानकारी दिए । यसअघि धनुषामा चार लाख २५ हजार ५३ मतदाता रहेको थियो । गत मङ्सिर १७ गतेदेखि पुस १८ गतेसम्म दुई चरणमा धनुषाका १६ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गरिएको प्रमुख झाले बताए । यस्तै अभियानका क्रममा विभिन्न पेशा व्यवसाय गरी बसेका ४१३ मतदाताले फोटोसहितको मतदाता नामावलीमा नाम दत्र्ता गराएकोमा उनीहरुको नामावली सम्बन्धित जिल्लामा पठाइएको सो कार्यालयले जनाएको छ । 

यसैगरी थपिएका मतदातासँगै सिरहामा चार लाख ६ हजार ९७२ मतदाता पुगेको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ । मङ्सिर १७ देखि पुस १८ गतेसम्म जिल्लाका १७ वटै पालिकामा दुई चरणमा सञ्चालन गरेको सो अभियानअन्तर्गत २२ हजार ८३६ र कार्यालयबाट ६ हजार ४४२ गरी कूल २९ हजार २७८ मतदाता थपिएको कार्यालयका प्रमुख इन्दिरा यादवले जानकारी दिए । गत २०७४ सालको निर्वाचनमा सिरहामा तीन लाख ३२ हजार ८९४ मतदाता रहेको थिए । रासस  

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । वन नियमावलीले सिमेन्ट उद्योगहरू संकटमा परेको भन्दै उद्योगीहरूले यसको माग संशोधन गर्न माग गरेका छन् । बुधबार

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021