काठमाडौँ, २२ पौष । भारतको गुजरातमा जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ ।
भारतीय सञ्चार माध्यम एएनआईका अनुसार ओमिक्रोन भेरियन्टका कारण गुजरात सरकारले समिट स्थगित गरेको हो । यो समिटमा भाग लिन जनवरी ९ तारेख अर्थात पुस २५ गते प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने कार्यक्रम तय भएको थियो ।
समिट स्थगित भएपछि प्रधानमन्त्री देउवा भारत जाने/नजानेबारे निर्णय भएको छैन । अब प्रधानमन्त्रीको भ्रमण हुने/नहुनेबारे साँझसम्म जानकारी दिने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ ।