एमालेले शुरु गरेका योजनाहरु रोक्ने कुचेष्ठा नगर्न सरकारलाई पूर्वमन्त्री नेम्वाङको चेतावनी

पाँचथर, २२ पौष । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वसन्तकुमार नेम्वाङले विगतमा एमालेको नेतृत्वको सरकारले गरेका जनमुखी विकास तथा मुलुकलाई समृद्ध बनाउने योजना रोक्ने कुचेष्ठा नगर्न गठबन्धनको सरकारलाई चेतावनी दिनुभएको छ ।

पाँचथरको याङवरक गाउँपालिका-५ को वडा कार्यालय भवनको याङवरक(५ हिटिधारामा आयोजित कार्यक्रममा बोल्दै पार्टीको चिन्ता विकास र समृद्धिका काम रोकिनु हुन्न भन्ने मात्रै रहेको उल्लेख गर्दै उहाँले वर्तमान सरकारको गठनदेखि विकास निर्माणका कामले गति लिन नसक्दा आशंका बढेको बताउनुभयो । पूर्वमन्त्री नेम्वाङले एमालेको चिन्ता र चासो जनतालाई सुख सुविधा हुने र समृद्धिका आधारका रहेका काम नरोकिउन भन्ने मात्रै रहेको बताउनुभयो ।

समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाबाट कुनै पनि सरकार अलग हुन नसक्ने वताउँदै पूर्वमन्त्री नेम्वाङले घरबारविहीनले घर पाउने, फुसको छानो हुनेले जस्तापाता पाउने, दलित, अपाङ्ग, अशक्त तथा जेष्ठनागरिकको सामाजिक सुरक्षा भत्ता वृद्धि हुँदै जाने कुरालाई रोक्ने र अवरुद्ध पार्ने कल्पना समेत नगर्न चेतावनी दिनुभयो ।

उहँले भन्नुभयो, ‘जनताका सुख र समृद्धिका लागि सुरुआत भएका काम, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताका कुरा, गाउँगाउँ पुगेको विद्युत, चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता, ठूला विकासका पूर्वाधार पूरा होलान् कि नहोलान् भन्ने आशंका देखिएको छ । कथमकदाचित हामीले जनताका लागि गरेका विकासका योजना ओझेलमा त पदैनन् रु यो हो हाम्रो चिन्ताको विषय । कालोपत्रे सुरुआत भएका सडकको काम नरोकियोस् । चार हजार पुगेको सामाजिक सुरक्षा भत्ता पाँच हजार पुगोस । गाउँ–गाउँमा टाँगिएका तारमा विद्युत जोडियोस् । समृद्धिका अभियानमा सुरुआत भएका काम अब रोकिनु हुन्न भन्ने मात्रै हाम्रो कुरा हो ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि फिर्ता गरेकाे नेपाल नागरिकता ऐन संशोधन विधेयक बिहीबार नै पारित हुने भएको

काठमाडौँ, १ भदौ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले मन्त्रालयले अब विद्युतीय सवारी साधन मात्र खरिद गर्नुपर्ने बताउनुभएको छ ।

काठमाडौँ, १ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट संदेशसहित फिर्ता आएको नागरिकता विधेयक प्रतिनिधिसभाबाट भोलि पारित गर्ने तयारी भएको छ । बिहीबार

काठमाडौँ, १ भदौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको स्थिरता र विकासका निम्ति पाँचदलीय गठबन्धन कायम रहने बताएका

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021