ग्यास विस्फोट हुँदा एक जनाको मृत्यु, १२ जना घाइते

झापा, २२ पौष । झापाको मेचीनगरमा भएको आगलागीमा आगो निभाउने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बुधबार राति साढे ९ बजेको समयमा मेचीनगर नपा वडा नं. -७ पिपल चोक बस्ने केशव पाठकको १ तले कच्ची घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर पड्कन पुग्दा मानिसहरू घाइते हुने पुगेका थिए । 

मेचीनगर नपा-८ बस्ने ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी लगेकोमा उक्त मेडिकलमा पुर्‍याउन साथ मृत्यु भएको हो । 

घाइते हुनेहरूमा लेखनाथ तिमल्सिना, गोविन्द प्रसाद राजवंशी,  दीपेन्द्र कार्की, चन्दन गौतम, सुवलाल राजवंशी, विनोद गिरि, नवराज श्रेष्ठ, सन्देश बोहरा, भवानी शंकर न्यौपाने, हरि वि.क., निर्मल शर्मा, सुशीला अधिकारी लगायत छन् । दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । ग्लोबल आईएमई बैंक लिमिटेडले अनलाइन भिडियो मार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुवात गरेको छ । यो

काठमाडौँ, २ भदौ । निर्यात हुने वस्तुको उत्पादन प्रमाणीकरणका लागि जारी हुने उत्पत्तिको प्रमाणपत्र लिने उद्योगको संख्या दोब्बरले वृद्धि भएको छ।

काठमाडौँ, २ भदौ । नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँ बराबरको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७

काठमाडौँ, १ भदौ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरणको नाफाको ग्राफ अझै बढ्ने बताउनुभएको छ । बुधबार काठमाडौंमा भएको प्राधिकरणको

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021