कांग्रेसभित्र भाँडभैलो शुरु, गुटगत भेला बढ्दै

काठमाडौँ, २२ पौष । नेपाली कांग्रेसको १४औं महाधिवेशनपछि कांग्रेसभित्रको संस्थापनइतर समूह बनेको नेता डा. शेखर कोइराला समूहले सभापति शेरबहादुर देउवाले पार्टीलाई एकलौटी ढंगबाट चलाएको बताएको छ ।

इतर समूहको बुधबार राजधानीमा बसेको बैठकले पार्टीको १४औं महाधिवेशनबाट सभापति बनेका देउवाले निर्वाचित भएपछि सबैलाई समेटेर जानुको साटो एकलौटी ढंगले आफ्नो गुटलाई मात्रै केन्द्रमा राखेको निष्कर्ष निकालेको हो ।


सो समूहबाट १४औं महाधिवेशनमा महामन्त्रीमा निर्वाचित गगन थापाले सभापतिले पार्टीभित्रको ४० प्रतिशत शक्तिलाई उपेक्षा गरेको बताए । ‘सभापति आउने चुनावमा एक्लै बहुमत ल्याउनुपर्छ भन्नुहुन्छ तर पार्टीभित्रकै ४० प्रतिशत मत ल्याएको शक्तिलाई उपेक्षा गरेर अघि बढ्दा उहाँको इच्छा कसरी पूरा हुन्छ ?,’ महामन्त्री थापाले बैठकमा भने ।

बैठकमा धारणा राख्दै थापाले केन्द्रीय सदस्य मनोनीत गर्दादेखि बाग्मती प्रदेशमा सरकार विस्तार गर्दासम्म पनि सभापतिले पार्टीभित्र छलफल नगरेको बताएका हुन् । बैठकमा महामन्त्री थापाले राष्ट्रिय सभाको निर्वाचन अन्य दलसँग गठबन्धन गरिए पनि आगामी तीनै तहको निर्वाचनमा कांग्रेस वडादेखि केन्द्रसम्म एक्लै भिड्ने अवस्थामा रहेकोसमेत बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ भदौ । देशभरका स्थानीय तहलाई आफ्नो कार्यक्षेत्रभित्रको जमिनलाई आगामी मंसिर २३ गतेभित्र कृषि क्षेत्र र गैरकृषि क्षेत्रमा वर्गीकरण गर्न

काठमाडौँ, २ भदौ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी,

काठमाडौँ, २ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका घरबेटी ठेकेदार शारदाप्रसाद अधिकारीको शैलुङ कन्स्ट्रक्सन कम्पनी प्रालि कालोसूचीमा पर्ने भएको

काठमाडौँ, २ भदौ । नेकपा (माओवादी केन्द्र) ले पार्टी पदाधिकारीको बिहीबार टुंगो लगाउने भएको छ । बुधबार पार्टी कार्यालय पेरिस डाँडामा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021