सार्कको विकल्पमा बिमिस्टेक ?

काठमाडौँ, २२ पौष । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिमिस्टेक)का महासचिव तेन्जिङ लेकफेल तीनदेखि नेपाल भ्रमणमा छन् ।

उनले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलगायत उच्चपदस्थ व्यक्तिहरूसँग भेटवार्ता गरे । उनले परराष्ट्रमन्त्री नारायण खड्का, ऊर्जामन्त्री पम्फा भुषाल, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई भेटेर बिमिस्टेकलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरे । सदस्य राष्ट्रहरूबीच क्षेत्रीय सहयोग अभिवृद्धि गर्ने विषयमा उनको भ्रमण केन्द्रित देखिन्छ ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) प्रायः निष्क्रिय भएको समयमा बिमिस्टेक सक्रिय हुनुपर्ने विश्लेषणसमेत भइरहेको छ । भारतले पाकिस्तानबिनाको क्षेत्रीय संगठन बिमिस्टेकलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ । सन् २०१४ मा नेपालमा १८औं सार्क शिखर सम्मेलन भएपछि सार्क सम्मेलन हुन सकेको छैन ।

पाकिस्तानले नवौं शिखर सम्मेलन गर्नुपर्ने थियो । तर, सो शिखर सम्मेलन भारत र पाकिस्तानको द्वन्द्वका कारण तत्काल हुने सम्भावना पनि छैन । ३७ वर्षको इतिहास बोकेको सार्कको औचित्य अन्योल बन्दै गएकाले क्षेत्रीय संगठनको आवश्यकता बिमिस्टेकबाट पूरा गर्न नेपालले पनि सक्रियता देखाउनुपर्ने महसुस गरेरै बिमिस्टेकलाई रचनात्मक रूपमा योगदान गर्ने प्रतिबद्धता जनाएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ वैशाख । खरबुजा गर्मीको बेला हाम्रो शरीरलाई निकै फाइदाजनक फल हो । खरबुजामा पाइने पानीको कारणले शरीरलाई हाइड्रेटेड

काठमाडौँ, ६ बैशाख । पोखराको राष्ट्रबैंक चोकमा माइक्रो र स्कार्पिओ आपसमा ठोकिँदा ८ जना घाइते भएका छन् । कास्की प्रहरीका

काठमाडौँ, ६ बैशाख । यूएईलगायत खाडी क्षेत्रमा भीषण वर्षाका कारण उडान रोकिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा सयौँ यात्रु अलपत्र परेका

काठमाडौँ, ६ बैशाख । धनुषामा एक ट्रक प्याज बरामद भएको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ८ गण धनुषाले १५२