काठमाडौँ, २१ पौष । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरूले गर्न पाउने खर्चको सीमा तोकेको छ ।
मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा ३ लाख ५० हजार खर्च गर्न सक्ने आयोगको भनाइ छ । सवारी साधनरघोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइनेछ । कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगको भनाइ छ ।
माघ १२ मा हुने निर्वाचनका लागि उम्मेदवारहरूले मनोनयन दर्ता गरिसकेका छन् । रिक्त १९ पदका लागि विभिन्न दलबाट ४४ जनाले उम्मदेवारी दिएका छन् । मुख्य प्रतिस्पर्धा सत्तारूढ पाँच दल र प्रमुख प्रतिपक्षी नेकपा एमालेका उम्मेदवारबीच हुनेछ ।
हेर्नुस् कुन शीर्षकमा कति खर्च गर्न मिल्छ ?