‘मुलुकको विकास र समृद्धिका विरोधी डा. बाबुराम भट्टराई’

काठमाडौँ, ९ पौष । सत्ता साझेदार राष्ट्रिय जनता पार्टीका सङ्घीय परिषद् अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मुलुकको विकास र समृद्धिको विरोधी व्यक्तिको रुपमा परिचित हुँदै जानुभएको छ ।

यो वा त्यो बहानामा डा. भट्टारईले विकासको विरोध गर्ने गर्नुभएको छ । बढ्दो सहरीकरण तथा पर्यटकीय आकर्षणको रुपमा रहेको भ्यु टावर बनाउनु नहुने तर्क गर्नुभयो । नेपालको आर्थिक बृद्धिदरको मुख्य श्रोतको रुपमा रहेको पर्यटकीय विकासलाई रोक्ने प्रकारको अभिव्यक्तिले मुलुकलाई दुर्भाग्यको खाडलमा पुर्याउने सम्भावना देखिन्छ ।

नेता भट्टराईले नेताहरूले पहाडैपहाड भएको देशमा भ्यु–टावर बनाउने हावादारी कुरा गरेको भन्दै त्यसलाई सच्याएर अघि बढ्न इन्जिनियरहरूलाई आग्रह गर्नुभएको छ । अध्यक्ष भट्टराईले नेपालमा विकास, निर्माणलाई अघि बढ्नै नदिने खालका सोचहरू आइरहेको भन्दै भइरहेको विकासको विरोध गर्नुभयो ।

आज शुक्रवार नेपाल इन्जिनियर्स एसोसिएशनले काठमाडौँमा आयोजना गरेको कार्यक्रममा नेता भट्टराईले दक्षिण एसियाली देशहरू प्राविधिकहरूको नेतृत्वमा विकास र समृद्धिको दिशामा अघि बढेको उल्लेख गर्दै नेपालले पनि त्यसबाट सिकेर अघि बढ्नुपर्ने आवश्यक्ता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, ‘पहाड आफैँ भ्युटावर हो नि हाम्रो ! त्यहाँ भ्युटावर किन चाहियो रु साधन स्रोतको दुरुपयोग, जनता पनि कुरै नबुझी विकास भनेको भ्युटावर नै हो रहेछ भन्ठान्छन् अनि एउटा भ्युटावर बनाइदिनुपर्यो भन्छन् । नेताहरूले यस्तो हावादारी कुरा गर्ने हो ? नेताले सही कुरा जनतालाई बुझाउन पर्दैन ?’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021