पुसको अन्तिमदेखि बुस्टर डोज दिने तयारी

काठमाडौँ, ८ पौष । नेपाल कोभिड–१९ विरुद्धको बुस्टर डोज खोपका लागि विश्व स्वास्थ्य सङ्गठनको अनुमति पर्खिंदैछ । उक्त सङ्गठनले अनुमति दिएमा पुसको अन्तिमदेखि बुस्टर डोज दिन सुरु गरिने स्वास्थ्यमन्त्री विरोध खतिवडाले बताएका छन्। मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री खतिवडाले सरकार बुस्टर डोजका लागि तयारी अवस्थामा रहेको जानकारी दिए ।

बुस्टर डोज सुरु गर्दा पहिलो चरणमा अग्रपङ्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वृद्धवृद्धा, बालबालिका हुँदै विस्तारै सबै नागरिकलाई लगाइने उनले जानकारी दिए । सरकारले खोप लगाएदेखि अहिलेसम्म दुई करोड २२ लाख २८ हजार १७७ मात्रा खोप लगाइसकेको छ । विश्व स्वास्थ्य सङ्गठनले लक्षित समूहका ५० प्रतिशत नागरिकले पूर्ण मात्रा खोप लगाएपछि बुस्टर डोज खोप लगाउन सिफारिस गरेको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021