पदाधिकारी चयन नगरी सकियो माओवादी प्रदेश १ अधिवेशन

विराटनगर, २७ मंसिर । नेकपा माओवादी केन्द्र प्रदेश नं. १ को अधिवेशन पदाधिकारी चयन नै नगरि सम्पन्न भएको छ ।

अध्यक्ष पदका आकांक्षीहरू चुनावमा जाने र पार्टी नेतृत्व भने सहमतिमै पदाधिकारी चयन गर्ने अडानबाट पछि नहटेपछि नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन पदाधिकारी चयन नगरी सकिएको छ । वर्तमान अध्यक्ष सुरेशकुमार राई, प्रदेश १ का आर्थिक मामिला मन्त्री इन्द्र आङ्बो र हालका सचिव हेमराज भण्डारी प्रदेश अध्यक्षका दाबेदार छन् । उनीहरूले कमिटीमा चुनाव गरेर पदाधिकारी टुंगो लगाउन माग गरेका थिए। तर, पार्टी नेतृत्वले दुई दिनपछि बैठक गर्ने र पदाधिकारी टुंग्याउने निर्णय लिएको छ।

सुरूमा कमिटीका सदस्यहरू चयन गर्ने र तिनैमध्येबाट पदाधिकारी चयन गर्ने माओवादीको संगठन शैली छ । तर, तीन जना आकांक्षीहरूबीच सहमति प्रयास विफल भएपछि पदाधिकारी टुंगो नलगाई अधिवेशन सकिएको हो । मंसिर २५ मा सुरू भएको प्रदेश अधिवेशनले २६९ सदस्यीय प्रदेश कमिटी चयन गरेको छ । प्रदेश १ मा माओवादीका ९ जना पदाधिकारी चयन हुनेछन्। जसमा अध्यक्ष १, उपाध्यक्ष महिलासहित ३, सचिव १, सहसचिव ३ र कोषाध्यक्षसहितको प्रदेश समिति निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका