कांग्रेस महाधिवेशन: देउवाले गरे मतदान

काठमाडौँ, २७ मंसिर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि मतदान सुरु भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले मतदान गरिसकेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

आज बिहान ८ बजेदेखि हुने भनिएको मतदान चार घण्टा ढिलो गरी मध्याह्न करिब सवा १२ बजेदेखि सुरु भएको हो । राष्ट्रिय सभागृहस्थित मतदान केन्द्रको बुथ ‘क’बाट मतदान सुरु भएको निर्वाचन समितिले जनाएको छ ।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बेलुका ५ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ । तीनवटा केन्द्रमार्फत मतदानको व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनुषा, ७ वैशाख । धनुषामा मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको विदेह नगरपालिका ७ बेलापट्टीका ६५

दाङ, ७ वैशाख । दाङमा आगलागी परेर एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका ९, तरुलियामा ८७

ताप्लेजुङ, ७ वैशाख । ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ ।  पाथीभरा क्षेत्र विकास

काठमाडौँ, ७ वैशाख । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न तहमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । आज सार्वजनिक