अवैध रुपमा ल्याएको सुनसहित तीनजना पक्राउ

काठमाडौँ, २६ मंसिर । अवैध रुपमा दुवईबाट काठमाडौं ल्याइएको सुनसहित तीनजना पक्राउ परेका छन् । नेपाल एयरलाइन्सको उडानद्वारा दुवईबाट काठमाडौं आएका भारतीय नागरिक सत्यम हुसेन सेजु अबुबाकरलाई अवैध रुपमा ल्याएको ९०५ ग्राम अर्धठोस सुनसहित प्रहरीले पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियामा उनको गतिविधि शंकास्पद देखिएपछि नियन्त्रणमा लिई परीक्षणको लागि काठमाडौं मेडिकल कलेज सिनामंगलतर्फ लैजानेक्रममा उनको मलद्वारबाट कालो रङको चिल्लो रबर जस्तो देखिने पदार्थले बेरेको अवस्थामा उक्त सुन फेला पारी उनलाई पक्राउ गरेको हो । 

प्रारम्भिक सोधपुछको क्रममा उक्त सुन ल्याउन भारतीय नागरिक आधार कार्ड नम्बर २२५७ ९१४१ १०९५ बाहक ३५ वर्षीय कादर इब्राहिमको संलग्नता रहेको खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ । जजिरा एयरको उडानद्वारा दुवईबाट कुवेत हुँदै काठमाडौं आएका भारतीय नागरिक राहदानी नम्बर जेड४८४३७३९ बाहक ५० वर्षीय सिराज मदापाट बापुट्टेलाई भन्सार छलेर अवैध रुपमा ल्याएको ३४९ ग्राम सुन जस्तो देखिने पहेंलो धातुसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गुण एयरलाइन्सद्वारा सिमरा जाने क्रममा उनले बोकेको व्यागलाई विमानस्थलको आन्तरिक उडानतर्फको होल्ड व्यागेज एरियमा एक्स–रे जाँच गर्दा उक्त धातु फेला पारेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।उनीहरुलाई बरामद धातुसहित आवश्यक अनुसन्धान एवं कारवाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021