आजको मौसम

काठमाडौँ, २५ मंसिर । आज प्रदेश नं १ को पहाडी भागमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशको पहाडी भागमा आंशिकदेखि सामान्य बदली रही  बाँकी भागमा मौसम आंशिक बदली रहने छ । त्यस्तै देशको  सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्यतया बदली रही बांकी भू-भागमा आंशिक बदली रहनेछ । 

दिनप्रतिदिन चिसो बढ्दै गएको छ । आज काठमाडौँको न्यूनतम तापक्रम ५ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ । हिजो जुम्लाको न्यूनतम तापक्रम माइनस ४ दशमलव ३ डिग्री सेल्सियससम्म झरेको थियो । यस्तै जोमसोमको माइनस १, जिरीको १ दशमलव १, डडेलधुराकाे ४ दशमलव ३ र पोखराको ९ दशमलव ४ डिग्री सेल्सियसमा झरेको थियो ।

अहिले पनि देशको पहाडी र तराईका धेरै ठाउँमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहि हटेर घाम लाग्ने  सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021