संखुवासभामा कांग्रेस–माओवादीलाई लाग्यो झड्काः १०० भन्दा बढी युवाहरु एमालेमा प्रवेश

संखुवासभा, २४ मंसिर । पछिल्लो समय देशभर सत्तारुढ गठबन्धनका दलहरुबाट वितृष्ण भई नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । प्रयाः जसो दैनिक कांग्रेस, माओवादी पार्टी परित्याग गरी युवाहरु एमालेमा प्रवेश गर्ने गरेका छन् ।

यसै क्रममा विहिवार जिल्लाको पाँचखपन, सभापोखरी, मकालु तथा खाँदवारीमा गरी एक सयभन्दा बढी कांग्रेस तथा माओवादीका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन् । मिसन, भिजन र स्पष्ट दृष्टिकोण नै एमालेमा मात्र भएकाले मुलुकको विकास र समृद्धिको यात्रामा एमालेको नेतृत्व अपरिहार्य भएको उल्लेख गर्दै उक्त नेता तथा कार्यकर्ताहरु एमालेमाा प्रवेश गरेका हुन् ।

एमालेका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभाका सांसद राजेन्द्र गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु मुरारि खतिवडा, वीरेन्द्र केसी, राजेन्द्र थापा, राधादेबि खनाल लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमको जिल्ला पार्टी अध्यक्ष जित बहादुर घिमिरेको अध्यक्षतामा कार्यक्रम संचालक जिल्ला पार्टी सचिब कमरेड खड्ग राईले गर्नुभएको थियो ।

अतिथिहरुले नवप्रवेशीलाई खादा तथा अविर लगाई एमालेमा प्रवेश गराउनुभयो । नवप्रवेशीलाई स्वागत गर्दै अतिथिहरुले एमाले मुलुकको राजनीतिक मुल घर भएकाले उल्लेख गर्दै नवप्रवेशीको योग्यता, क्षमता र विगतको अनुभवतालाई मध्यनजर गर्दै उचित जिम्मेवारी दिने प्रतिवद्धता जनाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

तनहुँ, ४ माघ । बालविवाह मुद्दामा तनहुँ जिल्ला अदालतले पाँच जनालाई कैद र जरिवानाको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश हरिशचन्द्र

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीले ठगी एवं ज्यान मार्ने उद्योग कसुरमा फरार एकलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय

काठमाडौँ, ४ माघ । काठमाडौँका उपत्यका विभिन्न स्थानमा बुस्टर डोज दिन सुरु गरिएको छ । त्यसका लागि काठमाडौंका विभिन्न १९

उदयपुर, ४ माघ । उदयपुरको कटारी नगरपालिका–८ स्थित सिद्धिचरण लोकमार्गको कटारी बजारबाट मरुवातर्फ जाँदै गरेको बा१०प ४१८८ नंको बोलेरो जीप

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021