आजको राशिफल

आज मिति २०७८ साल मंसिर २४ गते, शुक्रबार । इश्वी सन २०२१ डिसेम्बर, १० । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः सप्तमी २४ः४४ बजे उप्रान्त अष्टमी। नक्षत्रः शतभिषा २७ः३७ बजे उप्रान्त पूर्वभाद्रपदा । योगः हर्षण, १४ः३८ बजे उप्रान्त वज्र । करणः गर १३ः११ बजेदेखि वणिज, २४ः४४ बजे उप्रान्त वालव। काठमाडौंमा सुर्योदय ६ः४५ । सुर्योस्त १७ः०७ ।

मेष : स्वास्थ्य अवस्थाको कारणले यात्रा रोकिन सक्नेछ । विद्यार्थी वर्गको लागि अध्यनाशिल समय रहनेछ । मध्यान्हदेखि आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

वृष : रोकिएको प्रेमसम्बन्धमा सफलता मिल्नेछ । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । अध्ययन कार्य अगाडि बढ्नेछ ।

मिथुन : नसोचेको आर्थिक उन्नति हुनेछ । प्रेमिका संगको विवाद मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । राजनैतिक नियुक्ति तथा सम्मान पाउने योग रहेको छ ।

कर्कट : इष्टमित्रको सहयोग मिल्नेछ । नजीकैको मित्रले आर्थिक क्षति गराइदिन सक्नेछ । अध्ययनमा रुचि लाग्ने छैन प्रेमसम्बन्ध किचलो हुनेछ ।

सिंह : सामान्य कुरामा पनि विदाद हुनाले दिन तनाव पूर्णवित्ने छ । अध्यनको लागि घरदेखि बाहिर जानुपर्ने हुन्छ । टाउमा समस्य बढ्ने देखिन्छ । खानपिनमा ध्यान दिनुहोला ।

कन्या : बोलीको प्रभाव बढ्नेछ । आफन्तको काममा व्यस्त भइनेछ । प्रेमीप्रेमिकाको मिलनले दिन उमङ्गका साथ वित्नेछ ।

तुला : स्वास्थ्यमा ध्यान दिनुहोला सवारी साधन भित्रिने योग रहेकोछ । अध्ययनका सफलता मिल्नेछ । प्रेमप्रस्ताव धार्मिक कार्यमा अगाडि बढ्ने छ ।

वृश्चिक : कार्यबाधा तथा आर्थिक क्षति व्योहोर्नु पर्नेछ । झुटो आरोप लाग्ने हुँदा जिम्मेवारी कम लिनु होला स्वास्थ्यले साथ दिनेछ । सन्ध्याकालदेखि सवै क्षेत्रमा सुधार आउनेछ ।

धनु : रोकिएका तर महत्वपूर्ण कार्य बन्नाले आर्थिक उन्नति हुनेछ । बच्चाकालको साथीसंगको मिलन हुनेछ । राजनैतिक सफलता मिल्नेछ ।

मकर : वैदेशिक कार्य बन्नाले सबै अवरोध हट्ने छ । प्रेमिकाको किचकिचले निकै तनावपूर्ण दिन रहनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ ।

कुम्भ : नवीन कार्य आरम्भ गरिनेछ । महत्वपूर्ण भेटघाट हुनेछ । शत्रुद्वारा क्षमा माग्ने छन् । जीवनको नयाँ आयम सुरु हुनेछन् ।

मीन : पारिवारिक तथा आर्थिक समस्या आउने हुँदा समयमै सचेत बन्नुपर्ने छ । रोकिएको सम्बन्ध सुधार हुनेछ । मध्यान्हपछि नसोचेको आर्थिक सुधार हुनेछ । हनुमानको आरधना गर्न नविर्सनु होला ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दाङ, १४ माघ । भारतसँग जोडिएको सीमावर्ती क्षेत्र दाङको कोइलाबास नाकाबाट अवैध हतियार बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021