निजामती कर्मचारी संगठनद्वारा बालबालिकालाई पाठ्य सामाग्री प्रदान

काठमाडौँ, २२ मंसिर । नेपाल निजामती कर्मचारी सङ्गठन शिक्षा विभागीय कार्य समितिले जडिबुटी स्थित् सुकुम्बासी वस्तीमा रहेको सरस्वती आधारभूत विद्यालयका विद्यार्थी र अभिवकलाई राहत सामाग्री प्रदान गरेको छ ।

सङ्गठनले अभिभावकत्व ग्रहण गर्दै आएका विद्यालयका चार जना विद्यार्थी समिक्षा दर्जी, सञ्जय राई, प्रिया लामा र प्रविन दर्जीलाई पोशाक र पाठ्य सामाग्री सहित राहत रकम प्रदान गरेको हो । सङ्गठनले बुधबार विद्यालयममै पुगेर एक कार्यक्रमकाबीच विद्यार्थीलाई पोशाक, झोला, कापि र कलम सहितका राहत सामाग्री हस्तान्तरण गरेको हो । सङ्गठनले विद्यालयका अभिभावक प्रतिमा परियारलाई नगद तीन हजार राहत रकम, विद्यालयका शिक्षकहरुलाई झोला र नुवाकोटको पञ्चकन्या गाउँपालिका वडा नं. ४ का क्यान्सर पीडित विराज सुवेदीलाई नगद पाँच हजार रूपियाँ राहत रकम प्रदान गरेको छ ।

उक्त विद्यालयमा विभिन्न स्थानबाट आएर दैनिक ज्याला मजदुरी गर्ने, असहाय, विपन्न समुदायका बालबालिका अध्ययन गर्दै आएका छन् । राहत सामाग्री प्रदान गर्दै शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले ७७ जिल्लामा भएको कर्मचारी सङ्गठनले अनाथ बालबालिकाको अभिभावकत्व ग्रहण गर्न आग्रह गर्नुभयो ।

एउटा जिल्लामा सङ्गठनले पाँच जना विद्यार्थीको मात्र अभिभावकत्व ग्रहण गर्ने हो भने पनि अभिभावकत्व बिहिन भएका धेरै विद्यार्थीले सहज रूपमा पठनपाठन गर्न सक्ने बताउनुभयो । नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाले सङ्गठनले अभिवाकत्व ग्रहण गरेका विद्यार्थीहरु उच्च तहमा पुग्ने अपेक्षा व्यक्त गर्नुभयो । सङ्गठनले विभिन्न समयमा यस्ता पवित्र कार्य गर्दै आएकाले आमकर्मचारीको निजामती कर्मचारी सङ्गठनप्रति आकर्षण बढेको बताउनुभयो । सङ्गठन शिक्षा विभागिय कार्य समितिका अध्यक्ष शिवराज पोखरेलले सङ्गठनले आगमी दिनमा यस्ता कार्यलाई निरन्तरता दिदै जाने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

नुवाकोट, १४ माघ । सामाजिक सुरक्षा भत्ता र राजश्व रकम हिनामिना गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नुवाकोटको पञ्चकन्या गाउँपालिकाका

काठमाडौँ, १४ माघ । राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त अधिराज्य (बेलायत) को राजदूतमा ज्ञानचन्द्र आचार्यलाई नियुक्त गरेकी छन् । संविधानको धारा २८२ बमोजिम

काठमाडौँ, १४ माघ । राप्रपाका पूर्व अध्यक्ष कमल थापाले संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधान विपरीत प्रतिगामी कार्य हुने बताएका छन । आज सामाजिक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021