पेट्रोलियम पाइपलाइन स्वीकृतिमा ढिलाइ

काठमाडौँ, २२ मंसिर । पेट्रोलियम पाइपलाइन विस्तार र निर्माण सर्वे स्वीकृत हुन नसक्दा अन्योल भएको छ । अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइपलाइन परियोजनाको विस्तृत इन्जिनियरिङ सर्वे स्वीकृतिका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ फागुनमै मन्त्रिपरिषद्मा पठाएको थियो । सर्वे स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको प्रस्ताव हालसम्म स्वीकृति नभएको मन्त्रालयका सह–प्रवक्ता उर्मिला केसीले जानकारी दिइन ।

भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न सर्वे भएको थियो । ६५ किलोमिटरको सो पाइपलाइनका लागि सरकारले आ.व. ०७७/७८ को वार्षिक बजेटमा बजेट विनियोजन गरेको थियो । अमलेखगञ्ज–लोथर सर्वेको स्वीकृति नभएकाले भारतको सिलगुढी–झापा पाइपलाइनको काम पनि अगाडि बढ्न सकेको छैन । सिलगुढी–झापा पेट्रोलियम पाइपलाइन परियोजनाको डिटेल इन्जिनियरिङ सर्वे पनि निगममै थन्किएको छ ।

झापाको चारआलीदेखि मेची भन्सार काँकडभिट्टा हुँदै भारतीय सीमासम्मको नेपालतर्फको १५ किलोमिटर पाइपलाइनको रुट पहिचान गरिसकिएको निगमले जनाएको छ । नेपाल र भारतको संयुक्त अध्ययन समूहले पेट्रोलियम पदार्थ भण्डारण स्थलको पनि लेआउट तयार गरेको छ । पाइपलाइन निर्माणपछि चारआलीमा कुल ४१ हजार ६५० किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण हुनेछ जसमा १२ हजार किलोलिटर पेट्रोल, २८ हजार किलोलिटर डिजेल, चार सय किलोलिटर मट्टितेल र एक हजार दुई सय किलोलिटर हवाई इन्धन भण्डारण निर्माण गरिने छ । यो पेट्रोलियम पदार्थले प्रदेश १ को ९० दिनको माग धान्न सक्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले रोजगारीको प्रलोभन देखाएर अलपत्र पार्ने म्यानपावर कम्पनी र

काठमाडौँ, १२ माघ । विदेशमा २१ लाख ६९ हजार ४ सय ७८ नेपाली रहेको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ । राष्ट्रिय

काठमाडौँ, १२ माघ । केन्द्रीय तथ्यांक विभागले कालापानी र लिपुलेकको जनसंख्या विवरण राष्ट्रिय जनगणना–२०७८ मा समावेश गरेको छ । भौतिक

काठमाडौँ, १२ माघ । नेकपा एमालेको पोलिटव्युरो सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले पाँच दलीय गठबन्धनले एमालेलाई लतार्ने दुस्साहस

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021