आजको राशिफल

आज २०७८ मंसिर २२ गते बुधबार । 

मेष: कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ ।

वृष: लाभ, हानी, सुख, दुख बराबरी खालको समय छ । सानातिना बाधा आइलागे पनि समस्या समाधान हुनेछ । रोकिएका कामले पनि गति लिनेछ ।

मिथुन: जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । मिलनसार साथीले नै धोका दिन सक्छन् ।

कर्कट: आज शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

सिंह: शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्नेछ ।

कन्या: आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ । कुनै कारणवश रोकिएका अधुरा कामले पनि गति लिनेछ ।

तुला: जोश जाँगर र हिम्मत बढ्नेछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ । आफूलाई मन लागेको कुरा खरिद गर्न सकिन्छ । आकस्मिक उपहार प्राप्त हुनसक्छ ।

वृश्चिक: मिष्ठान्न भोजनको अवसर मिल्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । दाम्पत्य जीवनमा आपसी माया एवं समझदारी कायम रहनेछ ।

धनु: बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

मकर: आज धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउला । सवारी साधन प्राप्तिको योग पनि छ ।

कुम्भ: आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । पुनर्मिलनको योग रहेको छ । कतै घुम्न जाने आकस्मिक योजना बन्न सक्छ ।

मीन: आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार व्यवसायबाट पनि उन्नति नै देखिन्छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न समिति गठन गरेको छ ।

काठमाडौँ, १६ चैत । जेनेभामा भएको अन्तर व्यवस्थापिका सङ्घ (आईपीयू) को महासभामा सहभागी भएर सभामुख देवराज घिमिरेसहितको टोली आज स्वदेश

काठमाडौँ, १६ चैत । सत्ता साझेदारीमा सहकार्य गरेका पाँच दलले इलाम–२ र बझाङ–१ (१) को उपनिर्वाचनमा आपसमा प्रतिस्पर्धा गर्ने भएका

काठमाडौँ, १६ चैत । नेपाल दूरसञ्चार प्राधिकरणका लागि ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) प्रणाली जडान गर्न उपकरण तथा परामर्श सेवा