महिला जनप्रतिनिधिमाथि दुर्व्यवहार गर्ने माओवादीका अध्यक्ष पक्राउ

धनगढी, २१ मंसिर । डेल्धुरामा महिला जनप्रतिनिधिमाथि अभद्र व्यवहार गरेको भन्दै प्रहरीले नेकपा माओवादी केन्द्रका नगर अध्यक्षलाई पक्राउ गरेको छ ।

जिल्लाको परशुराम नगरपालिकाकी महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको आरोपमा माओवादीका नगर अध्यक्ष शेरसिंह माल ‘डायमन्ड’ लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जानकारी दिएको छ । उनले जिल्लाको परशुराम नगरपालिकाकी वडा सदस्यलाई दुर्व्यवहार गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) देवेन्द्र पालले पीडित महिलाले दिएको जाहेरीका आधारमा नगर अध्यक्ष माललाई मंगलबार पक्राउ गरिएको जानकारी दिनुभयो ।

नेता मालमाथि केही दिन अघि रंगुन खोला नजिकै एक जनप्रतिनीधि महिलामाथि हातपात तथा गालीगलौज गर्दै दुर्व्यवहार गरेको आरोप छ । पक्राउ परेका माललाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका