कांग्रेस नसुध्रिए सकिन्छ : नेता थापा

काठमाडौँ, २१ मंसिर । नेपाली कांग्रेसका नेता गगन थापाले कांग्रेस नसुध्रिए सकिने दावी गर्नुभएको छ ।

शंकर तिवारीद्वारा लिखित ‘कसले सुधार्छ कांग्रेस रु ? पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उहाँले नौ लाख पार्टी कार्यकर्तालाई मात्रै नभएर अरूलाई पनि कांग्रेस सुध्रियोस् भन्ने बोध भए त्यसै विजयी हुने उल्लेख गर्नुभयो । थापाले चुनाव मात्रै जित्ने भन्ने कुराबाट बाहिर निस्कनुपर्ने बताउनुभयो । उहाँले महाधिवेशनबाट पार्टीलाई ९ लाखभन्दा पर छ भन्ने बनाउने खालको व्यक्तिलाई जिताउनुपर्ने बताउनुभयो । यो महाधिवेशनपछि १५ लाख व्यक्तिलाई कांग्रेसमा जोड्नुपर्ने उल्लेख गर्दै उहाँले पार्टी ‘इलेक्सन टू इलेक्सन’मा मात्रै केन्द्रित भएको समेत बताउनुभयो ।

उहाँले भन्नुभयो, “हामीले इलेक्सनभन्दा पर हेर्न सकेका छैनौँ । इलेक्सन टू इलेक्सन । इलेक्सन आयो जित्नुपर्छ । इलेक्सन जित्नका लागि अर्गनाजेसन बनायौँ । पार्टी भनेको ९ लाख मान्छे मात्रै होइन है । त्यो भन्दा धेरै पर छ । इलेक्सनकै म्याथ म्याटिक्सले हेर्ने हो भन यो महाधिवेशनपछि नेपाली कांग्रेस कहिल्यै नभएको, नेपाली कांग्रेसको सदस्यता कहिल्यै नलिएको, जय नेपाल कहिल्यै नभनेको । रुख चिह्नमा कहिल्यै मत नहालेको १५ लाख नयाँ मान्छेलाई नेपाली कांग्रेससँग जोड्नुपर्छ । अनि मात्रै कांग्रेस बन्छ ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021