आङ सान सुकीलाई ४ वर्ष जेल सजाय तोकियो

काठमाडौँ, २० मंसिर । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई चार वर्ष जेल सजाय तोकिएको छ ।

म्यानमारको सैनिक सरकारले नेतृ सूचीलाई सोमबार चार वर्ष जेल सजाय सुनाएको हो । सेनाविरुद्ध भडकाउ गतिविधि गरेको र कोभिड नियम उल्लंघन गरेको आरोपमा सुकीलाई म्यानमारको अदालतले चार वर्षको जेल सजायँ सुनाएको हो । उनी एक वर्षदेखि घरमै नजरबन्दमा थिइन् ।

उनीमाथि असन्तुष्ट समूहलाई उक्साएको र राष्ट्रिय विपद् कानूनअन्तर्गत सरकारले जारी गरेको कोभिड नियम उल्लंघन गरेको अभियोग लगाइएको छ । यसबाहेक उनीविरुद्ध ११ आरोप लगाइएको छ । सुकीले आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गर्दै आएकी छिन् ।  फेब्रुअरीमा सेनाले कू गर्नुअघि ७६ वर्षीया सुकीले नागरिक सरकारको नेतृत्व गरेकी थिइन् ।

निर्वाचनमा व्यापक धाँधली गरेको सेनाले आरोप लगाउँदै आएको छ ।  सरकार अपदस्थ गरेपछि उनलाई सेनाले घरमै नजरबन्दमा राखेर विभन्न आरोपमा मुद्दा लगाउँदै आएको थियो । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ माघ । खानेपानी मन्त्री उमाकान्त चौधरीले गत असारमा आएको बाढीबाट क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजनाको पुनः स्थापना गरी आगामी चैन

काठमाडौँ, १५ माघ । नेपालमा आयुर्वेद औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय हो– सिंहदरबार वैद्यखाना । आयुर्वेदिक औषधि उत्पादन र

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

काठमाडौँ, १४ माघ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । आज बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021