एमाले अध्यक्ष ओलीद्वारा दोस्रोपटक पदभार ग्रहण

काठमाडौँ, १७ मंसिर । चितवनमा सम्पन्न १०औँ महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आज पद बहाली  गरेका  छन  ।

ओलीले आज थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर पदबहाली गरेका हुन । दोस्रोपटक अध्यक्ष बनेका ओलीको कार्यकाल पाँच वर्षको हुनेछ ।

पदबहाली कार्यक्रममा उनले गठबन्धनबाट देश चल्न नसकेको बताए । “पाँचदलीय गठबन्धनबाट देश चलिरहेको छैन । सरकार चलिरहेको छैन । यो भद्रगोल, यो अनियमितता, यो स्थिति देशले धेरै लामो भोग्न सक्दैन, हामीले सधैँ भनिरहेका छौं,” उनले भने ।

सरकार कार्यपालिकालाई प्रभावकारी ढंगले अघि बढाउने, न्यायपालिकाको जटिलतालाई समाधान गर्नेतिर नलागी विपरीत बाटोमा लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा