वीरगञ्ज नाकामा उच्च सतर्कता

वीरगञ्ज, १७ मंसिर । भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमीक्रोन’का सङ्क्रमित भेटिएसँगै नेपालको सीमावर्ती जिल्ला पर्साको वीरगञ्ज नाकामा उच्च सतर्कता बढाइएको छ ।

भारतमा ओमिक्रोनका सङ्क्रमित भेटिएसँगै पुनः जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमार्फत आवश्यक सजगता अपाउने गरी तयारी अघि बढाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए । नयाँ भेरियन्ट नेपाल भित्रिने सम्भावनालाई मध्यनगर गरी केन्द्रको बैठकमार्फत थप सजगता अपनाउन सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई आगामी आवश्यक निर्णय लिनका लागि ‘एक्सन प्लान’ बनाउने जिम्मा दिइएको प्रजिअ ढकालले जानकारी दिए ।

पर्सामा भारतबाट खुलारूपमा आवतजावत हुने भएका कारण जिल्लामा नयाँ भेरियन्टको उच्च जोखिम रहेकाले सतर्कता अपनाउन सक्रियरूपमा काम गर्ने गरी योजना अघि बढाएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021