महानगरका अमिन घुससहित पक्राउ

काठमाडौँ, १५ मंसिर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भरतपुर महानगरपालिका अमिनलाई पाँच लाख घुस लिएको आरोपमा ‍पक्राउ गरेको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर २० वडा कार्यालयका अमिन वीरेन्द्रबहादुर कठायतलाई अख्तियारले पक्राउ गरेको हो । कठायतलाई एक लाख ५० हजार नगद र तीन लाख ५० हजार रुपैयाँको चेकसहित नियन्त्रणमा लिएको हो । 

अंशबण्डा गरी बाटो कायम गर्न जग्गा कित्ताकाट लगायतका काममा सहजीकरण गरिदिने भन्दै कठायतले सेवाग्राहीसँग पाँच लाख घुस माग गरेको भन्ने सूचना अख्तियारले पाएको थियो । भरतपुर-४ धर्मचोक लंकुबाट उनलाई घुस लिइसकेको अवस्थामा पक्राउ गरेको हो । 

त्यस्तै, मालपोत कार्यालय चनौली चितवनमा कार्यरत मालपोत अधिकृत मुकुन्द पौडेललाई ५० हजार रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ । उनले पनि अंशबण्डा गरी बाटो कायम गरी जग्गा कित्ताकाट गर्दा प्रमाणपत्र बनाइदिएको बापत ५० हजार रुपैयाँ घुस मागेको आरोप छ । उनलाई अख्तियारले ५० हजार घुससहित क्वाटरबाट नियन्त्रणमा लिएको हो । अख्तियारले उनीहरूविरूद्ध थप अनुसन्धान अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021