प्रधानन्यायाधीशको राजीनामा माग गर्दै आज पनि प्रदर्शन

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध प्रदर्शन भएको छ ।

न्यायलयमा भ्रष्टाचार व्याप्त पारेको भन्दै प्रधानन्यायाधीश राणाको राजीनामा माग गर्दै बारले निरन्तर सर्वोच्च परिसरमा विरोध प्रदर्शन गर्दै आएको छ । बारले मंगलबार सर्वोच्चमा शान्तिपूर्ण धर्ना दिएको हो । 

धर्नापछि बारमा आयोजित सभामा बारका महासचिव लिलामणि पौडेलले सर्वोच्चमा मंसिर १५ गतेदेखि लागु हुन लागेको गोलाप्रथाको स्वागत गरे । उनले जिल्ला र उच्च अदालतमा गोलाप्रथा लागु नभएकाले सो स्थानमा कालोपट्टी बाँधेर काम गर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

धनगढी, ७ वैशाख । सुदूरपश्चिम प्रदेश सरकारलाई समर्थन जनाएको नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापाले मुख्यमन्त्रीलाई आफ्नो समर्थन नरहेको घोषणा

काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा

काठमाडौँ, ७ वैशाख । रास्वपा सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुदूरपश्चिम सरकार गठनका क्रममा भएको सामान्य विवादका