केपी ओलीसँग अन्तिमसम्म किन भिडिरहे भीम रावल ?

काठमाडौँ, १४ मंसिर । भीम रावललाई प्रष्ट थाहा छ, उनी चुनाव जित्दैनन्। तर, पनि अन्तिमसम्म पार्टी अध्यक्षमा उठ्ने अडान राखे। रावलकै अडानका कारण एमालेको १० औं महाधिवेशन ‘सहमति’को बन्न सकेन। अध्यक्षलगायत पदाधिकारी र केन्द्रीय सदस्य छान्न चुनावी वातावरण बन्यो।

आखिर रावलले केपी ओलीलाई सर्वसम्मत अध्यक्ष बन्न नदिने र चुनावमै भिड्ने अडान किन राखे त ? भन्ने जिज्ञासा पैदा भएका छन्। विगतमा माधव नेपाल निकट रावल ओली पार्टी अध्यक्ष भएपछि उनीसँग पनि निकट बने। त्यतिबेला नेपाल पक्षले बोलाएका गुटगत छलफल, बैठक र रणनीतिमा पनि रावल सहभागी हुँदैनथे।

गुटको भेलामा किन नआएको भनेर प्रश्न गर्ने नेपाल पक्षलाई रावलको जवाफ हुन्थ्यो, ‘महाधिवेशनमा गुट हुन्छन्। त्यसपछि जो नेतृत्वमा आउँछ, उसलाई सघाउनुपर्छ।’ मन जितेकै कारण ओली पहिलोपटक प्रधानमन्त्री हुँदा रावल उपप्रधान तथा रक्षामन्त्री बने। २०७५ जेठ ३ मा माओवादीसँगको पार्टी एकतापछि भने रावल र ओलीबीच सम्बन्ध राम्रो बनेन। ९ औं महाधिवेशनबाट सर्वाधिक मत ल्याएर उपाध्यक्ष जितेका रावलले त्यतिबेलाको पार्टीको शक्तिशाली एवं कार्यकारी बोर्ड (सचिवालय) मा नपरेपछि असन्तुष्टि जनाए। 

कुनै बेला ओलीसँग यति धेरै तिक्तता बढेको थियो कि, पार्टीमा ‘ओली र रावल’ को भेट नै हुँदैन होला भन्नेसम्मका अनुमान हुन्थे। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि