काठमाडौँ, १३ मंसिर । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले प्रदेश र केन्द्रीय निर्वाचन कार्यतालिका प्रकाशन गरेको छ ।
सोमबार साँझ समितिले निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो । जसअनुसार यही मंसिर १६ गते बिहान १० बजे प्रदेश निर्वाचनको मतदाता नामावली प्रकाशन गरिने छ । केन्द्रीय निर्वाचनको मतदाता नामावली मंसिर २४ गते बिहान १० बजे प्रकाशन गरिने छ ।
कार्यतालिका
