१० सचिवको सरुवा, को कुन मन्त्रालयमा पुगे ?

काठमाडौँ, १३ मंसिर । सरकारले १० सचिवहरुको सरुवा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको जिम्मेवारी हेरफेर र सरुवा गरेको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएका छन् भने श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतम प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सरुवा भएका छन् भने उनको ठाउँमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपाने पठाइएका छन् । त्यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलिया प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । शहरी विकास मन्त्रालयका सचिव डा। रमेश सिंह सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा सरुवा भएका छन् भने जल तथा ऊर्जा आयोगका सचिव मणिराम गेलाल शहरी विकासमा सरुवा भएका छन् ।

निर्वाचन आयोगका सचिव सुरेश अधिकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ । निर्वाचन आयोगमा भने प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई सरुवा गरिएको छ । त्यस्तै वित्त आयोगमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि सुवेदी पठाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ माघ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २,९४० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका अनुसार

काठमाडौँ, १४ माघ । थप ६ हजार ८ सय २७ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख

दार्चुला, १४ माघ । जिल्लाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ । बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ

कास्की, १४ माघ । पदाधिकारी र कर्मचारी नै कोरोना सङ्क्रमित भएपछि यहाँका सार्वजनिक निकायका सेवा प्रभावित भएका छन् । कोरोना

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021