आमाको कुटाईबाट छोराको मृत्यु

मोरङ, १३ मंसिर । मोरङको कटहरी गाउँपालिका-५ मा आमाको कुटपिटबाट छोराको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ५५ वर्षीया आमा बातियो उरावको कुटपिटबाट ३५ वर्षीय राजेन्द्रप्रसाद उरावको आइतबार राति मृत्यु भएको हो । राजेन्द्र शनिबार राति मदिरा सेवन गरेर आएपछि भएको घरायसी विवादका क्रममा आमा बातियोले छोरालाई कुटपिट गरेकी थिइन् ।

मदिरा सेवन गरेर आएका राजेन्द्रले विवाद गर्न थालेपछि आमाले कुटपिट गरेको मोरङ प्रहरीले जनाएको छ । आमाको कुटपिटबाट घाइते भएका राजेन्द्रको नोबेल अस्पतालमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर

काठमाडौँ, १२ बैशाख । आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘भूठान’ र ‘खेल’ एकै दिन प्रदर्शनमा आएका

इस्लामावाद, ११ बैशाख । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमलामा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु

काठमाडौँ, १० बैशाख । अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी फिल्म ‘जलाकी’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । पहिलो