मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु

कालीकोट, १३ मंसिर । कालीकोटको नरहरीनाथ गाउँपालिका-१ कोटवाडामा मिनि ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । कर्णाली करिडोरको लालीघाट बजारबाट सुनथराली विमानस्थलतर्फ जादैँ गरेको बा५ख ४६४३ नं को मिनि ट्रक कोटवाडामा दुर्घटना भएको हो ।

दुर्घटनामा परी मिनि ट्रकमा सवार नरहरीनाथ-१ कोटबाडाका ५८ वर्षीया जयबहादुर विष्टको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रकमा चार जना सवार रहेका र ट्रक मालिक नेत्रबहादुर विष्ट घाइते भएको प्रहरीले जनाएको छ । घाइते विष्टको थप उपचारका लागि जिल्ला अस्पताल कालीकोट ल्याइँदै गरेको प्रहरीले जनाएको छ ।

निर्माणधीन सुनथराली विमानस्थलका लागि निर्माण सामग्री बोकेको मिनि ट्रक दुर्घटना भएको स्थानीय जमानसिंह विष्टले बताए । मिनि ट्रकका चालक र सहचालक सकुसल रहेको प्रहरीले जानकारी दिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि