दाङका ६ पालिकामा माओवादी केन्द्रको नयाँ नेतृत्व चयन

तुलसीपुर, १३ मंसिर । नेकपा (माओवादी केन्द्र) को पालिका अधिवेशन अन्तर्गत दाङका ६ पालिकामा नयाँ नेतृत्व चयन भएको छ । शनिबार भएको अधिवेशनले जिल्ला १० पालिकामध्ये ६ पालिकाले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

घोराही उपमहानगरपालिका, बबई, शान्तिनगर, दङ्गीशरण , बङ्गलाचुली र गढवा गाउँपालिकाको नेतृत्व चयन भइसकेको छ । निर्वाचन समितिले जनाए अनुसार घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा, उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश ओली निर्वाचित भएका छन् भने सचिवमा भागिदास चौधरी, सहसचिवमा मने विश्वकर्मा र कोषाध्यक्षमा दिलकुमारी विकलाई चयन गरिएको छ ।

त्यस्तै बबईको अध्यक्षमा डिल्ली बुढाथोकी, उपाध्यक्षमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर तथा सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर विक र कोषाध्यक्षमा परेकलाल बुढालाई चयन गरिएको छ । बङ्गलाचुलीका अध्यक्षमा डोमकान्त कवर मगर, उपाध्यक्षमा गिरिराज बाँठा, युमना थापा घर्ती, रमा पुन, कोषाध्यक्षमा वासुदेव महरा, सचिवमा दामोदर खड्का र सहसचिवमा शोभाराज विश्वकर्मालाई चयन गरिएको छ ।

त्यसैगरी शान्तिनगरको अध्यक्षमा नेवबहादुर रोका, उपाध्यक्षमा खगेन्द्र शर्मा, प्रदीप ओली र रीता बटाला सचिवमा पिमलाल ओली, सहसचिवमा हीरा सुनार र कोषाध्यक्षमा जङ्गबहादुर पुनलाई चयन गरिएको छ । दङ्गीशरण्का अध्यक्षमा मणिराम शर्मा, उपाध्यक्षमा वीरबहादुर वली, निर्मला चौधरी र ममता परियार, सचिवमा दीपक गौतम, सहसचिवमा टङ्क ओली र कोषाध्यक्षमा हरिबहादुर ककरेल निर्वाचित हुनुभएको छ ।

गढवाका अध्यक्षमा यामनारायण पोखरेल, उपाध्यक्षमा दीपा पुन, वसन्ती चौधरी र देवराज यादब, सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञानबहादुर परियार र कोषाध्यक्षमा वसन्त गिरीलाई चयन गरिएको छ । तुलसीपुरको नेतृत्व चयन कार्य अझै टुङ्गिन सकेको छैन । लमही नगरपालिकामा सदस्य टुङ्ग्याइएको छ । पदाधिकारीको भने यही मङ्सिर १५ गते छनोट गरिने भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ वैशाख । काठमाडौँको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको रकम अपचलनको कसुरमा कांग्रेसकी सांसद माया राईलाई अनुसन्धानका लागि पक्राउ

काठमाडौँ, १४ वैशाख । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कम्तीमा १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको भनेर संसद्को सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले

काठमाडौँ, १४ वैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १४ वैशाख । नेपाल राष्ट्र बैङ्कले आज आइतबारको लागि विदेशी मुद्राको विनिमय दर यस प्रकार निर्धारण गरेको छ । Exchange