भीम रावल र घनश्याम भुसालद्वारा ओली प्रस्ताव अस्वीकार

काठमाडौँ, १३ मंसिर । एमालेको दसौं महाधिवेशनको बन्दसत्र हलमा अध्यक्षमण्डलका तर्फबाट केपी शर्मा ओलीले आइतबार राति प्रस्तुत गरेको पदाधिकारी र केन्द्रीय सदस्यको सूचीलाई निवर्तमान उपाध्यक्ष भीम रावल र घनश्याम भुसालले अस्वीकार गरेका छन्।

अध्यक्षमा उम्मेदवारी दिने भन्दै रावलले अस्वीकार गरेका हुन्। भुसालले पनि सूचीबाट लोकतन्त्रको चिरहरण भएको भन्दै अस्वीकार गरेका हुन्। उनीहरूले ओलीको सूचीलाई अस्वीकार गरेपछि अन्ततः अध्यक्षसहितका केही पदमा निर्वाचन हुने भएको छ।

सहमति हुन नसकेपछि निर्वाचन आयोगले आइतबार राति साढे ११ बजे निर्वाचन कार्यतालिका सार्वजनिक गरेको थियो। कार्यतालिकाअनुसार निर्वाचनका लागि मतदाता नामावली प्रकाशन, दाबी विरोध,उम्मेदवारी दर्तालगायतका कार्यक्रम राति नै सम्पन्न गर्ने तय भएको थियो। यसअनुसार मतदाता नामावली प्रकाशन गरिएको थियो।

तर पछि निर्वाचनका बाँकी काम सोमबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको सूचना राति अबेर प्रकाशन गरिएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि