एमाले महाधिवेशन : आज अध्यक्ष पदका लागि चुनाव हुँदै, यस्तो छ निर्वाचन कार्यक्रम

चितवन, १३ मंसिर । नेकपा एमालेको १० औँ महाधिवेशनमा अन्ततः चुनाव हुने भएको छ ।

सौराहामा जारी बन्दसत्रमा केपी शर्मा ओलीले आफूलाई अध्यक्ष पदमा राख्दै सहमतिका लागि नयाँ नेतृत्वको नामावली घोषणा गरेका थिए । तर उनलाई चुनौती दिइरहेका भीम रावलले असहमति जनाएपछि अन्ततः अध्यक्ष पदका लागि निर्वाचन हुने भएको हो । केन्द्रीय निर्वाचन आयोगले आज बिहान ८ बजेदेखि निर्वाचन कार्यक्रम शुरु हुने जनाएको छ । आयोगले संशोधनसहितको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

यसअघि गएराति नै मतदाता नामावली प्रकाशन गरिएको थियो । आज बिहान ८ बजेदेखि ९ः२० बजेसम्म उम्मेदवारलाई दरखास्त फारम वितरण गरिनेछ भने ८ बजेदेखि नै ९ः३० बजेसम्म उम्मेदवारी दर्ता गरिनेछ । यसैगरी बिहान १०ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिने र १०ः३० देखि १०ः४५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ ।

यदि कुनै उम्मेद्वारका विरुद्ध उजुरी परेमा बिहान १०ः५० बजेसम्म उक्त उजुरीउपर छानबिन र निर्णय हुनेछ । त्यसपछि ११ः५५ बजेदेखि १२ बजेसम्म उम्मेदवारलाई उम्मेदवारी फिर्ताको समय दिइनेछ, उक्त समयमा उम्मेद्वारहरुले उम्मेदवारी फिर्ता नलिएमा मध्याह्न १२ः५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने जनाइएको छ । सबै प्रक्रिया पूरा भएपछि राति ९ बजेदेखि बिहानको ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि