अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक

काठमाडौँ, १२ मंसिर । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिम कम गर्न सरकारले अफ्रिकी देशका नागरिकलाई नेपाल प्रवेशमा रोक लगाएको छ ।

अफ्रिकामा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकाले अर्को व्यवस्था नहुञ्जेलसम्मका लागि अफ्रिकी नागरिकलाई प्रवेशमा रोक लगाएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । गृह मन्त्रालयले अध्यागमन विभाग, त्रिभुवन विमानस्थल कार्यालय र सीमा क्षेत्रका प्रशासन कार्यालयलाई कुटनीतिक, अफिसियल र आपत्कालीन कामबाहेक सबै अफ्रिकी देशका नागरिकलाई प्रवेश गर्न नदिने व्यवस्था मिलाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।

यस्तै अफ्रिकी देश हुँदै यात्रा गरेका अरू देशका नागरिकलाई कोरोना परीक्षणको रिपोर्ट र औचित्यका आधारमा निर्णय लिन निर्देशन दिइएको र स्वास्थ्य मन्त्रालयसँग छलफल गरेर थप कडाइका व्यवस्थाहरू गर्ने प्रवक्ता पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ