रामचन्द्र पौडेलद्वारा ‘कांग्रेस रूपान्तरणका १० सूत्र’ सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौँ, १२ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले ुकांग्रेस रूपान्तरणका १० सूत्रु सार्वजनिक गर्नुभएको छ ।

आइतबार काठमाडौँको बत्तिसपुतलीमा पत्रकार सम्मेलन गरेर वरिष्ठ नेता पौडेलले पार्टी रूपान्तरणका १० एजेन्डा सार्वजनिक गर्नुभएको हो । अदालतको अवस्था बिग्रनु आन्तरिक लोकतन्त्र कमजोर हुनु जत्तिकै भएको बताउँदै संवैधानिक परिषद्लाई भत्काउन देशको प्रधानमन्त्री, प्रधानन्यायाधीशदेखि विपक्षी दलहरूसमेत लागेको र राष्ट्रलाई निकास दिन ध्यान नदिएको नेता पौडेलको आरोप छ ।

देशमा लोकतान्त्रिक प्रणाली स्थापना भएपनि दलहरूलाई नै लोकतान्त्रिकरण गर्नुपर्ने आवश्यक रहेको तर्क गर्दै नेता पौडेलले नेपाली कांग्रेस पार्टीले चुनाव हार्ने नेताले चुनाव जित्ने यो कस्तो प्रक्रिया हो भन्दै प्रश्न समेत गर्नुभयो । नेपाली कांग्रेस प्रजातन्त्रको उल्टो गतिमा हिँडिरहेको उल्लेख गर्दै उहाँले व्यवस्था फेर्ने थला नेपाललाई बनाउँदा नेपालले थेग्न नसक्ने तर्क गर्नुभयो ।

यस्ता छन् पौडेलले सार्वजनिक गरेका १० सूत्र 

१.वर्तमान संविधानलाई निष्ठापूर्वक कार्यान्वयनमा ल्याऔं । समावेशी नेपाल साकार पारौँ ।

२.काँग्रेसजनले पार्टी विधानको मर्यादामा रहेर न्याय, निष्पक्षता र पारदर्शी मूल्याङ्कनसहित आन्तरिक लोकतन्त्र र पार्टी एकता मजबुत पारौँ । 

३. विकृति, विसंगति र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

४. राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं ।

५.आर्थिक सामाजिक, साँस्कृतिक र राजनीतिक रुपले पछि पारिएका महिला, दलित, जनजाति र मधेसी तथा विपन्न जनता केन्द्रित नीति र कार्यक्रम अघि सार्दै कांग्रेसलाई ‘प्याडिकल सेन्टर’ बाटोमा हिँडाउने ।

६.निमुखालाई न्याय, विपन्नलाई आय हाम्रो मूल ध्येय हो । राज्यको सम्पति र स्रोतमाथि एउटै वर्ग र तप्काको मात्रै हालिमुहाली भएमा त्यो लोकतन्त्र हुन सक्दैन । स्रोत र अवसरको असमान वितरणले अन्ततः लोकतन्त्रलाई नै धरापमा पार्छ । मानिसलाई विशुद्ध मानिसको रुपमा हेर्ने सहानुभूतिशील दृष्टिकोण हाम्रो समाजवाद हो, स्वच्छन्दतावादी पुँजीवाद र एकमार्गी साम्यवाद दुवैबाट पृथक छ लोकतान्त्रिक समाजवाद । पहिले सबै बाँचौ अनि प्रतिस्पर्धा गरौं। राज्य जनताप्रतिको जिम्मेवारीबाट पन्छिन सक्दैन । तर, जतासुकै हस्तक्षेप पनि गर्दैन ।

७. विधिको शासन, समयबद्ध कार्यसम्पादन, चिन्तन र कर्मको संयोजन कर्मशील काँग्रेसको नारा हो । सैद्धान्तिक स्पष्टता र उर्जाशील प्रस्तुति तन्नेरी काँग्रेसको निश्चल चरित्र हुनुपर्छ । कसैका एजेन्डा बोक्न पर्दैन, आफ्ना एजेन्डा छोड्न पर्दैन। सात सालदेखि समान्तविरोधी एजेन्डा बोकेको काँग्रेस जसले २०१५ सालमा दुईतिहाइ जनसमर्थन प्राप्त गयो, त्यही लोकतान्त्रिक समाजवादको सैद्धान्तिक आलोकमा काँग्रेसलाई उजिल्याउन अथक प्रयास गरौं ।

८. सबै जनतालाई खान लाउन पुग्ने कृषि क्रान्ति र पर्यटनको विस्तार गरौं । देशलाई समृद्ध पार्न उर्जा क्रान्ति र आफनै विशेषता र सम्भाव्यतासहितको औद्योगिक क्रान्ति गरौं ।

९.नेपाली विशेषता पहिचान गर्दै देशभक्तिको मर्म छुने, असंलग्नतामा आधारित हाम्रो राष्ट्रवादको विचारलाई अघि बढाऔं ।

१०. कम्युनिष्टले छरेका भ्रम र झूटा आश्वासनबाट नेपाली जनतालाई मुक्त गर्दै नेपाली काँग्रेस विचार शून्य र दिशाहीन छैन भन्ने प्रमाणित गर्दै यसलाई नेपाली जनताको भरोसाको केन्द्र बनाऔं ।

राजनीतिलाई सम्मानित क्षेत्र बनाउन सिद्धान्त र विचारको बहसलाई अघि बढाउँ । राजनीतिमा निष्ठा र नैतिकता स्थापित गर्न संघर्ष गरौं । विकृति, विसंगती र भ्रष्टाचारलाई तह लगाउँदै देशमा समृद्धि र सुशासन कायम गरौं ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  सवा १ बजे बस्ने बैठकमा अध्यक्ष नारायण प्रसाद दाहालले