कांग्रेसको वडा अधिवेशनमा गोली चल्यो

सर्लाही, १२ मंसिर । नेपली कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत आजदेखि सर्लाहीमा सुरु भएको वडा अधिवेशनमा गोली चलेको छ ।

बलरा नगरपालिका-९ अचलगढमा वडा अधिवेशनमा दुई पक्षबीच विवाद भएपछि गोली चलेको हो । विवाद हुँदा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुदमन्त्री वीरेन्द्र सिंहका अंग रक्षकले गोली चलाएका हुन् । मन्त्री सिंहसँग पार्टीकै केन्द्रीय नेता अमरेश सिंह निकटको नेताहरूले विवाद गरेको बताइएको छ । सोही क्रममा मन्त्रीको अंग रक्षकले गोली फायर गरेका हुन् ।

अहिले प्रहरीले स्थिति नियन्त्रणमा लिएको छ । सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले बलराको ८ र ९ नम्बर वडाको अधिवेशनमा विवाद हुँदा गोली फायर भएको बताए । उनका अनुसार कुनै मानवीय क्षति भने भएको छैन । विवादका कारण त्यहाँको अधिवेशन रोकिएको छ । उनका अधिवेशनस्थलमा झडप भएको थियो । सोही क्रममा मन्त्रीको अंग रक्षकलाई चोट पनि लागेको छ ।

११ वटा वडा रहेको बलरामा पाँच वडामा सहमति भएको छ । ४ वडामा छलफल चलिरहेको बताइएको छ । यी ४ वडामा सहमति नभए निर्वाचन गराउने निर्वाचन अधिकृतको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि