ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

काठमाडौँ, १२ मंसिर । ग्लोबल आइएमई बैंक लिमिटेडले प्रस्ताव गरेको कुल १३ दशमलव ५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकको असोज २५ गते बिहान बसेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो । बैंकले हाल कायम चुक्तापूँजी २१ अर्ब ६३ करोड २५ लाख ३ हजार रुपैयाँको आधारमा उक्त लाभांश वितरण गर्न लागेको हो । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले ४ अर्ब १२ करोड रुपैयाँभन्दा बढी खुद नाफा गरेको थियो । उक्त अवधिसम्म बैंकको वितरणयोग्य नाफा २ अर्ब ७६ करोड रुपैयाँभन्दा बढी छ ।

प्रस्तावित उक्त लााभांश सहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ । उक्त सभा प्रयोजनका लागि बैंकले मंसिर १३ गते एक दिन बुक क्लोज गर्ने भएकाले मंसिर १२ गतेसम्म लाभांश प्राप्त गर्न र सभामा भाग लिनका लागि शेयर कायम गर्नुइपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि