आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन: योगेश भट्टराई

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले आगामी तीन वटै तहको निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न नसक्ने दावीग गर्नुभएको छ ।

एमालेको १०औं महाधिवेशनको बन्दसत्र सफलता पूर्वव शुरुभएको र नेतृत्व समेत सोही आधारमा आउने उल्लेख गरेको विज्ञप्ती जारी गर्दै नेता भट्टराईले पार्टीभित्रको एकता र अनुशासित नेता कार्यकर्ताको पंतिले पार्टी तथा देशलाई जोगाउने दावी गर्नुभयो ।

उहाँले विज्ञप्तीमा उल्लेख गर्नुभएको छ, ‘हाम्रो पार्टीप्रति जनताको व्यापक जनसहभागिता र उत्साहले अहिले विरोधीहरु अताल्लीन थालेको छन्, जनताको उत्साहले आगामी निर्वाचनमा एमालेको बहुमतलाई कुनै तागतले रोक्न सक्दैन । एकता र अनुशासित पार्टीका नेता कार्यकर्ताको पंतिले पार्टी बलियो बनाउँछ, देश जोगाउँछ । पार्टीमा सहमति, समझदारी र एकताले सक्षम नेतृत्व निर्माण हुने छ । मुलुकको भविष्य जोगाउनका निम्ति पार्टीलाई एकताबद्ध र संगठित बनाउने जिम्मेवारी तपाईहरुकै काँधमा छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि