काँग्रेस महाधिवेशन तयारी तीव्र

काठमाडौँ, १२ मंसिर । नेपाली  काँग्रेसको  १४ औँ  महाधिवेशन नजिकिँदै गर्दा महाधिवेशन तयारी मूल समितिले आफ्नो गृहकार्यलाई तीव्र बनाएको छ । महाधिवेशन आउन १२ दिनमात्रै बाँकी रहँदा महाधिवेशनका लागि गठित समितिले आफ्नो तयारीलाई उच्चस्तरमा अगाडि बढाएको हो । महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा गर्नका लागि प्रधानमन्त्रीसमेत रहे​का काँग्रेसका सभापति शेरबहादुर देउवाको संयोजकत्वमा गठित महाधिवेशन तयारी मूल समितिले उपसमितिहरूसँगको समन्वयमा महाधिवेशनको तयारी तीव्र बनाएको हो । 

गृहमन्त्री  एवम्  महाधिवेशन  तयारी  मूल  समितिका  सदस्य  बालकृष्ण  खाणले  महाधिवेशन  व्यवस्थित  रूपमा  सम्पन्न गर्न पार्टीपङ्क्ति खटिएको जानकारी दिए । उनले भने, “काँग्रेसका लागि यो एउटा उत्सव हो । देशभर १६५  निर्वाचन  क्षेत्रबाट  महाधिवेशन  प्रतिनिधि आउनुहुन्छ  ।  उहाँहरूको भोजन तथा आवासको व्यवस्थापन आयोजक समितिले गर्छ । यसका लागि सबै तयारी भइरहेको छ ।” 

खाणले  महाधिवेशन  प्रतिनिधिसँगै ७७ वटै जिल्लाबाट आउने  पार्टी  कार्यकर्ताको  चापलाई  व्यवस्थापन  गर्न  र  आवश्यकताअनुसार  सबै पूर्वाधार  तयार  गर्नकै  लागि  उपसमिति  गठन  गरिएको  उल्लेख गरे । उनले भने, “सम्बन्धित उपसमितिले आवश्यक  तयारी  सुरु गरिसकेका छन्  ।” महाधिवेशन  तयारी मूल समितिले कोरोना प्रकोपलाई दृष्टिगत गरी सुरक्षा मापदण्ड पालना गर्ने तयारी गरिरहेको छ । गृहमन्त्री खाणले भने, “भीड जम्मा गर्न हुन्न । कुनै कार्यक्रममा स्वास्थ्य सुरक्षाको  मापदण्ड  पालना  गर्नुपर्छ  ।  त्यसैले  आमन्त्रित  र  पार्टी कार्यकर्तालाई उत्साहित बनाउन प्रेरित गर्नेगरी सन्तुलन कायम गरिनेछ ।”

काँग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसालले महाधिवेशनका क्रममा  सर्वसाधारणलाई  हुन  सक्ने  असुविधालाई  ध्यान  दिइने बताइन् । महाधिवेशनका गतिविधिलाई व्यवस्थित रूपमा सम्प्रेषण गर्नेदेखि कार्यक्रम आयोजना हुने स्थान चुस्त बनाउनका  लागि  उपसमितिमार्फत काम भइरहेको  उनले  बताइन् ।  केन्द्रीय  सदस्य  मीनबहादुर  विश्वकर्माले  महाधिवेशन उद्घाटनपूर्व र महाधिवेशन पूर्ण रूपमा सम्पन्न नभएसम्मका  गतिविधिलाई  व्यवस्थित  गर्न  मूल  समितिको  ध्यान केन्द्रित भएको बताइन् । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहितको भ्रमण दल बेलायत प्रस्थान गरेको छ ।  बेलायतको सर्वोच्च अदालत र अन्य अदालतहरूको औपचारिक

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’

काठमाडौँ, १४ वैशाख । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा अर्थ