कोशीमा हामफालेका स्वास्थ्यकर्मीको मृत्यु

सप्तरी, ११ मंसिर । आज कोशी नदीमा हाम फालेका एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ ।

सप्तरी प्रहरीका अनुसार हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहस्थित कोशी ब्यारेजको ५२ नम्बरको ढोकाबाट हाम फालेका झापाको दमक नगरपालिका–६ का सुवास नेपालको मृत्यु भएको हो ।

उनी हामफालेको ठाउँदेखि केही पर शव भेटिएको हो । स्वास्थ्यकर्मी नेपाल जिल्ला जनस्वास्थ कार्यालय मोरङमा कार्यरत थिए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर

काठमाडौँ, १२ बैशाख । आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘भूठान’ र ‘खेल’ एकै दिन प्रदर्शनमा आएका

इस्लामावाद, ११ बैशाख । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमलामा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु

काठमाडौँ, १० बैशाख । अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी फिल्म ‘जलाकी’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । पहिलो