काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पायो पूर्णता

काठमाडौँ, ११ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ ।

पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप राईलाई सदस्यमा मनोनयन गरिएको छ ।

सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू र नेपाल प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु समितिको सदस्य रहेन छन् । यस्तै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौं स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू समितिको सदस्य रहने छन् ।

प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालय पनि समिति सदस्य रहने शर्माले बताए । काँग्रेसले आगामी मंसिर २४–२६ मा १४ औं महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । काठमाडौँ महानगरपालिकाले बालबालिकामा निरोगात्मक स्वास्थ्य शिक्षा प्रवद्र्धन गर्न विद्यालयहरूमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्ने भएको छ

काठमाडौँ, २ फागुन । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा महिला किन कम भए भनी निर्वाचन आयोगले अध्ययन

कैलाली, २ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट कैलाली क्षेत्र नं. ५ का उम्मेदवार

काठमाडौँ, २ फागुन ।  नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २०