काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पायो पूर्णता

काठमाडौँ, ११ मंसिर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रचार प्रसार समितिले पूर्णता पाएको छ ।

पार्टीका प्रवक्ता एव सूचना, संचार तथा प्रचार विभागका प्रमुख विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित समितिले शनिबार पूर्णता पाएको हो । समितिमा केन्द्रीय कार्यसमितिका सदस्यहरु जीवन परियार, किरण यादव, किरण गिरी, अभिषेक प्रताप शाह, आमन्त्रित केन्द्रीय सदस्यहरु जनकराज कलौनी र दिलिप राईलाई सदस्यमा मनोनयन गरिएको छ ।

सूचना, संचार तथा प्रचार विभागका पदाधिकारी एवं सदस्यहरु, भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू, नेपाली जनसम्पर्क समितिका अध्यक्ष र संयोजकहरू र नेपाल प्रेस युनियनका केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरु समितिको सदस्य रहेन छन् । यस्तै नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय अध्यक्षहरू, नेपाल प्रेस युनियन केन्द्रीय समितिका सल्लाहकारहरु, नेपाल प्रेस युनियन जिल्ला एवं प्रतिष्ठान शाखाका सभापतिहरू र काठमाडौं स्थित जिल्ला सम्पर्क समितिका सभापतिहरू समितिको सदस्य रहने छन् ।

प्रचार प्रसार समितिको सचिवालयका रुपमा प्रचार विभागको उपत्यकास्थित पदाधिकारी र सदस्य एवं प्रेस युनियन केन्द्रीय सचिवालय पनि समिति सदस्य रहने शर्माले बताए । काँग्रेसले आगामी मंसिर २४–२६ मा १४ औं महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि