भक्तपुर, ११ मंसिर । भक्तपुरको सूर्यविनायक नगरपालिका-८ आदर्श चोकमा टिपरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । ।
प्रहरीका अनुसार बा ३ ख ५४२३ नम्बरको टिपरले बा ५७ प ३११३ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक धनकुटा घर भइ ललितपुरको कुसुन्ती बस्दै आएका २४ वर्षका असिम लिम्बुको मृत्यु भएको हो ।
स्कुटरको पछाडि रहेका ललितपुर पाटनका २६ वर्षका सन्दीप महर्जन घाइते भएका छन । महर्जनको उपचार भइरहेको छ ।